पूर्वाधार

भौतिक पूर्वाधार विकास

 

१. जग्गा जमिन:

२. यो क्याम्पस त्रि. वि. चिकित्सा शास्त्र अध्ययन संस्थान अन्तर्गत त्रि. वि. शिक्षण अस्पताल, मनमोहन तथा कार्डियोथोरासि भाष्कुलार एण्ड ट्रान्सप्लाण्ट सेन्टर गणेशमान सिह नाक, कान घाटी अध्ययन केन्द्र, वि. पि. कोइराला नेत्र अध्ययन केन्द्रसँगै रहेको परिसरमा करिब २० रोपनी जग्गामा फैलिएको छ ।

२. भवन तथा कोठाहरु:

यस क्याम्पसमा दैनिक शैक्षिक तथा प्रशासनिक कार्य संचालनार्थ साढे दुई तल्ले अंग्रेजी ( (U ) आकारको भवन रहेको छ ।

जसको भुँई तल्लामा क्याम्पस प्रशासन, १०० जना क्षमता भएको अडिटोरियम हल, साइक्याट्रिक नर्सिङ्ग विभाग, पोषण प्रयोगशाला, प्रस्तावित बेसिक साईन्स प्रयोगशाला तथा फण्डामेन्टल एण्ड नर्सिङको प्रयोगशाला, वैठक कक्ष र फोटोकपीको कोठाहरु रहेका छन् । पहिलो तल्लामा स्व.वि.यू.कोठा सहित ८ वटा कक्षा कोठाहरु र १५ वटा शिक्षकहरुको कोठाहरु रहेका छन् भने दोस्रो तल्लामा विद्यावारिधिको १ कोठा , ३ वटा कक्षा कोठाहरु, मिडवाइफ्री प्रयोगशाला, पिडीयाट्रीक प्रयोगशाला

कम्युनिटी प्रयोगशाला र ५० जना क्षमता भएको सेमिनार हल रहेको छ । शैक्षिक भवनमा जम्मा २० वटा शौचालय रहेका

छन् । जसमा पुरुषको लागि ३ वटा र महिलाको लागि १७ वटा शौचालयहरु छन् ।

३. पुस्तकालय व्यवस्थापन:

यस क्याम्पसमा दुई तल्ला भएको सुविधा सम्पन्न भवनमा १५० जना विद्यार्थीहरुले एक साथ बसेर अध्ययन गर्न सक्ने क्षमता

भएको पुस्तकालय रहेको छ । पहिलो तल्लामा Book Circulation Section, कार्यालय तथा Reference Section

रहेको छ । दोस्रो तल्लामा E-Library, विद्यार्थीहरुको अनुसन्धानका लागिThesis तथा Reference Books राखिएको

र Computer Print तथा फोटोकपीको सेवा दिने गरीएको छ । साथै Research Management Cell (RMC) को

कार्यालय पनि रहेको छ । विद्यार्थीहरुको सुविधालाई मध्यनजर गरी पुस्तकालय बिहान ८ः३० बजेदेखि बेलुका ५ः०० बजेसम्म

खुल्ला गरिएको छ । यस पुस्तकालयमा विभिन्न संघ संस्थाहरुबाट प्राप्त भएको जर्नलहरु तथा ४ प्रकारका दैनिक पत्रिकाहरु

(कान्तिपुर, गोरखापत्र, अन्नपूर्ण पोष्ट, हिमालय टाईम्स) पाठकहरुलाई पढ्नको लागि व्यवस्था गरिएको छ । पुस्तकालयमा

खरिद गरिएको तथा उपहारबाट प्राप्त भएका पुस्तकहरुको विवरण निम्न वमोजिम छन् ।

३.१.विद्युतीय पुस्तकालय – (E- Library) व्यवस्थापन
यस क्याम्पसको पुस्तकालयलाई चुस्त,दुरुस्त एवं समय सापेक्ष बनाउने अवधारण अनुरुप आवश्यक कम्प्युटरहरु, स्क्यानर
(Scaner) तथा प्रिन्टरहरुबाट विद्यार्थीहरुलाई सेवा दिंदै आएको छ । पुस्तकालयमा विद्यार्थीहरुको अनुसन्धान कार्यको लागि
Medline, Pubmed, HINARI, NepJOL/AsiaJOL online Service बाट सेवा प्रदान गरिएको तथाFree
Networking सुविधाको लागि WI-FI जडान गरिएको छ । पुस्तकालयमा रहेको पठनपाठन सामग्रीहरु प्राप्त गर्नका
लागि library web address http://library.nsgcampus.edu.np: 8094 रहेको छ ।