नर्सिङ्ग शिक्षा प्रदान गर्ने पहिलो शैक्षिक संस्थाको रुपमा यस महाराजगंज नर्सिङ्ग क्याम्पसको स्थापना वि.सं. २०१३ सालमा सुरेन्द्र भवन नर्सिङ्ग स्कूलको रुपमा तत्कालिन श्री ५ को सरकार, स्वास्थ्य सेवा निर्देशनालय अन्तर्गत सुरु भयो । सुरेन्द्र भवन क्षेत्रपाटी हुँदै महावौद्धमा स्थानान्तरण गरी यस स्कूलको नाम महावौद्ध नर्सिङ्ग स्कूल राखियो । वि. सं. २०२८ सालको नयाँ शिक्षा प्रणाली सँगै उक्त नर्सिङ्ग स्कूललाई त्रिभुवन विश्वविद्यालय, चिकित्साशास्त्र अध्ययन संस्थान अन्तर्गत राखी प्रविणता प्रमाणपत्र तहको मान्यता प्रदान गरी महाबौद्ध नर्सिङ्ग क्याम्पस नामाकरण गरियो । तत्पश्चात वि.सं.२०३३ सालदेखि उक्त क्याम्पसमा स्नातक तहको पढाई संचालन गरियो ।

महाराजगंज नर्सिङ्ग क्याम्पसको वर्तमान भवन २०४२ सालमा जापान सरकारको सहयोगमा निर्माण भई आवश्यक फर्निचर तथा उपकरणहरु सहित पठन पाठन सञ्चालन हुँदै आइरहेको छ । यस क्याम्पसमा अध्ययन गर्नको लागि शैक्षिक योग्यताका साथै प्रवेश परीक्षामा उच्चतम अंक प्राप्त गर्ने परीक्षार्थीहरुले पढ्ने अवसर पाउने हुँदा विद्यार्थीहरुले आपूmलाई भाग्यशाली सम्झन्छन् । यस क्याम्पसको स्वच्छ, सफा एवं एकान्त वातावरण, ठूलो र आधुनिक सुविधासम्पन्न त्रि.वि. अस्पतालको निकटस्थताले गर्दा विद्यार्थीहरुको सैद्धान्तिक तथा प्रयोगात्मक ज्ञान हासिल हुने हुँदा उत्पादित नर्सिङ्ग जनशक्तिको माग देश विदेशमा रहिआएको छ । अन्तराष्ट्रिय स्तरको शैक्षिक मापदण्डलाई समायोजन गर्दै जाने नेपाल सरकारको नीति अनुरुप यस क्याम्पसमा संचालित प्रविणता प्रमाणपत्र तहलाई शैक्षिक वर्ष २०७२÷७३ देखि नयाँ भर्ना लिन अन्त्य गरी स्नातक, स्नातकोत्तर तथा विद्यावारिधि तहसम्म अध्यापन हुदै आएको छ ।

जुनसुकै शैक्षिक क्रियाकलापको सफलताको लागि विद्यार्थी, शिक्षक र प्रशासनको त्रि˗पक्षीय योगदानको महत्वपूर्ण भुमिका रहन्छ । यस क्याम्पसका विद्यार्थीहरु अनुशासित, मेहनती र लगनशील हुनुको साथै शिक्षकवर्ग कर्तव्यनिष्ट र आफ्ना विद्यार्थीप्रति सदैव समर्पित छन् । यस क्याम्पसमा संचालित शैक्षिक कार्यक्रमहरुका लागि क्याम्पसको आन्तरिक तथा वाह्य पूर्वाधार अनुकुल बनाउने दायित्व क्याम्पस प्रशासनको रही आएको हुँदा यसमा यथाशक्य प्रयास कायम राख्दै संस्थाको उत्तरोत्तर प्रगतिमा तल्लिन रहने प्रण गर्दै समस्त सरोकारवाला विद्यार्थी, शिक्षक तथा कर्मचारीहरु प्रति आभार प्रकट गर्दछु ।

प्रा. मुना राना थापा
क्याम्पस प्रमुख
महाराजगंज नर्सिङ्ग क्याम्पस, महाराजगंज ।

             प्रा. मुना राना थापा

क्याम्पस प्रमुख

             नानी मैया प्रधान

सुचना अधिकारी

9841171486​

Introduction

Maharajgunj Nursing Campus is a pioneer Nursing Campus in Nepal since its inception in 1956 AD with 15 students admitted in school of nursing under the Directorate of Health Services, Ministry of Health. It has stepped up its milestone in 1972 AD with the introduction of new education system and came under the Institute of Medicine, Tribhuvan University and named as Mahaboudha Nursing campus. The campus was moved to Maharajgunj in 1986 AD and renamed finally as Maharajgunj Nursing Campus. 

Events

Program Offered

Bachelor Of Nursing Science (BNS)

Generic B.Sc. Nursing Program

Master Of Nursing Program

Ph.D Nursing Program

0
Senior Doctors
0
Total Students
0
Branches
0
Total Nurses

Gallery